दफा ५२
भन्सार एजेन्ट नियुक्त गर्न सक्ने
कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तु आफैले नछुटाई भन्सार एजेन्ट मार्फत छुटाउन चाहेमा वा भन्सार कार्यालयसँग सम्बन्धित कुनै कार्य आफैले नगरी भन्सार एजेन्ट मार्फत गराउन चाहेमा निजले तोकिए बमोजिम भन्सार एजेन्ट नियुक्त गर्न सक्नेछ ।